No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भयोः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् ।

आइतबार बिहान सामाजिक संजालमार्फत प्रचण्डले गिरीको निधनले नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ । गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’ गिरीको गएराति उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित: ५ भाद्र २०७९, आईतवार ०२:५२

Leave a Reply