No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वतन्त्र नागरिक समाज प्रादुर्भावकाे तात्पर्य

0
हेमविक्रम सिलवाल (सिलाङ्गे)
नेपालकाे इतिहासमा २०६२/०६३ काे जनआन्दोलनमा त्यतिखेरका नागरिक समाजले निष्पक्ष तथा भयरहित भूमिका निर्वाह गर्न नसकेका कुरा सर्वविदितै छ। याे भन्नुकाे पछाडि प्रजातान्त्रिक शक्ति, परम्परागत शक्ति र द्वन्द्वरत माआेवादी बीच त्रिपक्षीय द्वन्द्व चलिरहेकै थियो। तथाकथित सात राजनीतिक दल र द्वन्द्वरत माआेवादी बीच भारतकाे कुनै एक शक्तिको निर्देशकमा दिल्लीमा १२ बुँदे सम्झौता हुन पुग्यो। नेपालका बुद्धिजिबी, मानव अधिकारवादी र नागरिक समाजले निष्पक्ष तथा भयरहित वातावरणमा आफ्नो भूमिका निभाउन चुकेकै हुन् । त्रिपक्षीय द्वन्द्व भएतापनि प्रजातान्त्रिक शक्ति र द्वन्द्वरत माआेवादीकाे मात्र पृष्ठपोषण गरे । वास्तवमा २००७ सालको परिवर्तनकाे कुरा गरौँ वा २०४६ सालकाे कुरा गरौँ अथवा ०६२/०६३ सालकाे आन्दोलन पछि भएका परिवर्तनको कुरा गरौँ; यी तीनाेटै आन्दोलन सहमति र सम्झौता मै टुङ्गिएका थिए। तर नेपालका बुद्धिजिबी, नागरिक समाज, अधिकार कर्मीलाई यति पनि हेक्का भएन । नेपालकाे परम्परागत शक्तिलाई निषेध गरियो। वास्तवमा जनआन्दोलन सहमति र सम्झौतामा टुङ्गिएको थियो। जनआन्दोलनकाे भावना, संसद् पुनःस्थापना र द्वन्द्वरत माआेवादीलाई राष्ट्रिय राजनीतिकाे मुलधारमा ल्याउन नेपाली जनताले साथ दिएका थिए। तर जनआन्दोलनकाे भावना विपरित परम्परागत शक्ति र देशकाे पहिचान हिन्दू अधिराज्य मासेर धर्म निरपेक्ष बनाइयो। नागरिक समाजको र बुद्धिजिबीहरूकाे निष्पक्ष भूमिका कमजाेर देखियो। मानव अधिकारवादी र नागरिक समाज निष्पक्ष हुन नसक्नु कै कारण हिन्दू र राजसंस्था गुम्न पुग्यो। २०४७ काे संविधानको भावना विपरित नेकपा एमालेका तात्कालीन सांसद् बराबर माआेवादीलाई पनि ८४ सिटमा मनाेनित गराइ जबरजस्ती दुइतिहाइ बनाई राजसंस्था र हिन्दू अधिराज्य मासेर धर्म निरपेक्ष बनाइयो। ०४७ काे संविधान जिवित छँदाछँदै पूर्व प्रधानन्यायाधीश लक्ष्मण अर्यालकाे नेतृत्वमा अन्तरिम संविधान निर्माण गरी अवैधानिक तरिकाले विस्तापित गरियो। र देशमा संविधान सभा रूपी २०६४ काे संविधान सभा सम्पन्न गरी पहिलाे बैठकले राजसंस्थाको अन्त्यकाे घाेषणा गरेर राष्ट्रपतिको निर्वाचनकाे घाेषणा गरियाे।
त्यतिखेरको नागरिक समाजले स्वतन्त्र, भयरहित तरिकाले एक पक्षीय पृष्ठपोषण गर्दा परम्परागत शक्ति राजसंस्था पनि गयो र नेपालकाे पहिचान हिन्दू अधिराज्य पनि गयो। यसका खातिर २०६५ साल मंसिर १ गतेका दिन आधुनिकता र परम्परा सँगसँगै नलैजाने हाे भने नेपाल स्वतन्त्र र सार्वभौम सम्पन्न रहिरहन नसक्ने भएकाे हुँदा स्वतन्त्र नागरिक समाज थापना गरी खबरदारी सभा, गाेष्ठी, सेमिनार लगायतका जनदवाब सिर्जना गरियो। तात्कालीन संविधान सभाले संविधान जारी गर्दा परम्परा र आधुनिकतालाई जाेडेर लैजाने साझा दस्तावेज बन्न सकेन। आज पनि स्वतन्त्र नागरिक समाज निषेधको राजनीति अन्त्य हुनुपर्छ, आधुनिकता र परम्परा, प्रजातान्त्रिक शक्ति र परम्परागत शक्ति मिलेर मात्र सारभौम सत्ता सम्पन्न नेपाललाई अक्षुण्ण राख्न सकिन्छ भन्ने हाम्रो मान्यता रहँदै आएको छ। आज देश जुन दलदलमा फस्दै गएको छ, यसकाे परिणाम भनेकै निषेधको राजनीति हो। हाम्रो देशकाे उत्तरमा विशाल चीन छ र दक्षिणमा भारत छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले “याे दुइ ढुङ्गा बीचकाे तरूल हाे, असली हिन्दूस्थाना हाे; याे चार जात छत्तीस वर्णले थामी खान्यारु” भनेको मुलुक आज विदेशीहरूकाे क्रिडास्थल बन्न पुग्यो। अझै पनि हामी बाह्य शक्तिको लहैलहैमा लागिरहने हो भने द्वन्द्वरत लाईबेरिया, हाईटी, कङ्गाे, सुडान, सिरिया, अफ्गानिस्तान, इराक जस्तै धार्मिक, जातिय द्वन्द्वमा फँसि चरम भाेकमरीमा पर्ने परिस्थिती नआउला भन्न सकिन्न। बालिका मताधिकारको दुहाइ दिँदा छिमेकी मित्रराष्ट्र सिक्किम पनि भारतमा विलय भएकाे उदाहरण हाम्रो सामु छर्लङ्ग छ। मसला व्यापार गर्न आएका नौजना फिरङ्गीले मुगल पछि भारतमा ३३२ वर्ष शासन गरे । त्यस्तै फिजीमा व्यापार गर्न गएका महेन्द्र चौधरीले सत्ता कब्जा गरी राष्ट्रपतिलाई मृत्युदण्ड समेत दिन भ्याए ।
आज नेपालमा ल्याउन खाेजेकाे नागरिकता विद्येयक मार्फत जुन चलखेल हुँदैछ, त्यसले एकदिन यहाँ पनि अर्काे महेन्द्र चौधरी प्रकट नहाेला भन्न सकिन्न । १अर्ब ३०कराेड जनता भएको मुलुकका अगाडि यहाँका जाबाे ३ कराेड जनता घुनसरी पिसिन कत्ति पनि बेर लाग्ने छैन ।
२०६२/०६३ का मानव अधिकारवादी, नागरिक समाज, बुद्दिजिबी यस विषम परिस्थितिमा कुन दुलाेमा लुकेर बस्या छन्।
नागरिकलाई स्वदेश मै राेजगार दिन नसक्दा लाखौंको संख्यामा वैदेशिक राेजगार भन्दै विदेशीन विवस छन् ।आज ५४ प्रतिशत राजस्व रेमिट्यान्सका नाम भित्रिन्छ । तर नेपालबाट भारत, बङ्गलादेश लगायत देशमा ८३ प्रतिशत रेमिट्यान्स बाहिरी रहेको छ। यस कुरामा नेपाल सरकार मौन छ । राष्ट्रलाई धनी र मजबुत बनाउने युवा पुस्ताकाे चित्कार कसले सुनिदेला । आयातित वाद र सिद्धान्तबाट संमृद्धिकाे सपना देख्नु साेम शर्माको सपनाकाे सात्तु सरह हुनेछ।
सबैलाई बेलैमा चेतना भया।
हेम विक्रम सिलवाल (सिलाङ्गे)
संयाेजक
स्वतन्त्र नागरिक समाज
पिपलकाे बाेट, पाटनकाे ढाेका
ललितपुर
May be an image of 1 person and indoor
प्रकाशित: ६ भाद्र २०७९, सोमबार १३:१६

Leave a Reply