No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

0

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ । क्यालिफोर्निया राज्यको न्याय विभागले सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ ।

एशोशिएटेड प्रेसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियामा गत वर्ष दुई हजार तीन सय ६१ वटा हत्याका घटना अभिलेख भएका थिए । त्यसअघिको वर्ष एक सय ५० वटा त्यस्ता घटना भएका थिए ।

सन् २०२१ मा हत्याका तीन चौथाई घटनामा बन्दुकको प्रयोग भएको थियो । गत वर्ष ज्यान गुमाएका करिब आधा व्यक्ति दक्षिण अमेरिकीमूलका थिए भने करिब ३० प्रतिशत अश्वेत थिए ।

प्रकाशित: १४ भाद्र २०७९, मंगलवार ०७:५०

Leave a Reply