No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पार्टीमा राम्रा उत्तराधिकारीहरु तयार होउन् भन्ने सपना छः प्रचण्ड

0

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा आफ्नो उत्तराधिकारीहरु तयार हुन् भन्ने आफ्नो सपना रहेको बताएका छन् ।

बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा राम्रो उत्तराधिकारीहरु तयार होउन् भन्ने आफ्नो सपना रहेको बताए ।

उनले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै आफूले सबै चिज भएको बताए । उनले पार्टीलाई एकतावद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले विद्यार्थी संगठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

संगठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उनको भनाइ थियो । उनले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताए । जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भुमिका रहेको बताए ।

उनले भने,‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा । म तपाईहरुलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भुमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि । म त जनयुद्धको तयारीको पनि नेतृत्व गरें । जनयुद्धको पनि नेतृत्व गरें । संविधानसभाको पनि नेतृत्व गरें । संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरें । मेरो लागि धेरै चिज भएकै छ । अब मेरो सपना के हो त, राम्रो उत्तराधिकारीहरु तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडी बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडी बढुन् । हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् । यही मेरो सपना छ । तपाई विद्यार्थी साथीहरुले एकतावद्ध भएर यो सपना पूरा गर्नको लागि सहयोग गर्नुस् । यही अपील र आग्रह छ ।’

अध्यक्ष प्रचण्डले सडक, सदन र सरकारका तीन वटा नै मोर्चाबाट संघर्ष गरेर मात्रै आन्दोलनका उपलब्धीको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताए ।

प्रकाशित: २२ भाद्र २०७९, बुधबार १०:५६

Leave a Reply