No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्षेत्र नं-२ काठमाडौमा मेराे उमेदवारी किन ?

परिवर्तनकाे लागि संसद र सडक दुबैमा आन्दोलन गर्ने छु !

0
हेम विक्रम सिलवाल ।
नेपालमा प्रजातन्त्र आएको ३२ बर्ष भयाे तर काठमाडौकाे जनताले स्वच्छ,शुद्ध खानेपानी पिउन जमर्को गरेको पनि त्यति नै भाे,मेलम्ची खानेपानी खान पाएनन् ! यसमा भएको भ्रष्टाचारको जनतामाथि गरेको अत्याचारको छानबिन जरुर गर्नेछु !
मेरो प्रतिबद्धता तपाईंहरु सामुन्ने:
(१) मेलम्ची खानेपानी मा भएको भ्रष्टाचार छानबिन गर्ने !
(२) राजसंस्था सहितको प्रजातन्त्र , हिन्दुअधिराज्य पुनःस्थापना गर्ने !
(३)नेपालमा कृषि-क्रान्ति,बिकास,औद्योगिक-क्रान्ति नाफा मुलक गरि जमिन बांझाे हुन बाट मुक्त गर्ने !
(४) जनताको उत्पादन-राज्यको बजारिकरण,नाफामुलक आयआर्जन गर्ने !
(५) सांसद हुँदा पाउने भत्ता तलब जेष्ठ नागरिक भवन निर्माण र जिर्ण रहेकाे मठ मन्दिर , गुम्बा मर्मत गर्ने !
(६) नेपाल आमा खुशी रहे म त्यसैमा रमाउने छु !
(७) आज सम्म देशमा भएको भ्रष्टाचार जरै देखि उखेलेर फाल्ने !
(८) स्वास्थ र शिक्षा नि:शुल्क गराउने छु ! (९) देशमा आमूल परिवर्तन गर्नेछु !
(१०) शैक्षिक बेरोजगार लाई देश भित्र राेजगारिकाे ग्यारेन्टी गर्ने छु !
(११) परिवर्तनकाे लागि संसद र सडक दुबैमा आन्दोलन गर्ने छु !
-जय गुरु गाेरख !!!
May be an image of 1 person and text that says "विपि काँग्रेसको तर्फबाट काठमाडै क्षेत्र 2 बाट स्वतन्त्र उम्मेद्वार हेमविक्रम सिलवाल चुनाव चिहन करूवा"
प्रकाशित: २५ आश्विन २०७९, मंगलवार ०८:३४

Leave a Reply