No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अयोग्य भन्दै समानुपातिकतर्फको बन्दसूचीबाट आयोगले हटायो ५५० उम्मेदवारको नाम

0

काठमाडौं । निर्वाचन आयोगले दलहरुले पेश गरेको बन्दसूचीमा रहेका तर जरिवाना नबुझाएका ५५० उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५५० जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको जानकारी दिएको छ ।

आयोगले जरिवाना बुझाउन शनिबारसम्मको समय दिएको थियो ।

प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार १२:१५

Leave a Reply