No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसद्वारा गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर

0

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

कांग्रेस संसदीय दलका नेता तथा सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । विश्वासको मत लिँदा प्रदेश सभाको बुहमतको अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको घोषणा भएपछि कांग्रेस सर्वोच्च अदालतमा पुगेको हो ।

रिटमा अधिकारीले लिएको मतको अवैधानिक रहेकाले अब ठूलो दलको हिसाबले मुख्यमन्त्रीमा नियुक्तिका लागि पाण्डेले परमादेश जारीको माग गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा अधिकारीले ३० मत पाएका थिए ।

बुहमत पुग्नका लागि ३१ मत हुनुपर्ने कांग्रेसको तर्क छ । तर प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशअनुसार भन्दै ३० मतले नै बहुमत पुग्ने गणना गरेका थिए । रिटको पेसी वैशाख २७ गतेका लागि तोकिएको छ।

 

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०७:३३

Leave a Reply