No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अब धोकेबाजसँग कुनै समीकरण हुँदैन : प्रचण्ड

0

सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन् । मंगलबार पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सुर्खेतका मतदातामाझ आग्रह गरे ।

प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गरे ।

“ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अङ्ग भङ्ग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण कार्यकाल राख्न चाहन्छौँ” उनले भने, “माननीयहरूले आलोचना गर्ने बित्तिकै ओलीको जसरी संसद् विघटन गर्दैनौँ ।”

प्रधानमन्त्री देउवाले संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको औँल्याए । सोही कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको अहंकारका कारण वाम गठबन्धन टुटेको बताए ।

“अब धोकेबाजसँग कुनै समीकरण हुँदैन”, उनले भने, “गिरिजाप्रसाद कोइरालासँगै मैले १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेर जोडेको गठबन्धन हो, यो चुनावसम्म मात्र होइन लामो समयसम्म कायम रहन्छ ।”

अध्यक्ष दाहालले गठबन्धन १५ वर्ष जाने र देशमा शान्तिको नयाँयुगको सुरुवात हुने बताए । उनले भने, “यो गठबन्धन संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई अगाडि बढाउनका लागि गरिएको गठबन्धन हो ।” देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उनले बताए ।

प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार १५:५४

Leave a Reply