No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा दश जनाको मृत्यु

0

भर्जिनियाको वालमार्टमा भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ । घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि कम्तीमा १० जनाले ज्यान गुमाएका छन् ।

वालमार्टमा गोली प्रहार गर्ने आक्रमणकारी पनि मारिएको छ । दैनिक उपभोगका सरसामान पाइने उक्त पसलमा सुरक्षाकर्मी पुग्दा धेरै मृतक र घाइतेलाई फेला पारेका थिए । तत्काल उनीहरूको उद्धारमा अधिकारीहरू परिचालन भएका थिए ।

वालमार्टमा एकव्यक्तिबाट हमला भएको प्रहरीको प्रारम्भिक अनुमान छ । वालमार्टले भर्जिनियाको चेसापेकस्थित आफ्नो स्टोरमा भएको दुखद घटनाबाट स्तब्ध भएको जनाउँदै प्रभावित समुदाय समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।

घाइतेको उपचार गरिरहेको नार्फोक जनरल अस्पतालले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी नदिइ पाँच जना अस्पताल भर्ना भएका बताएको छ ।

प्रकाशित: ७ मंसिर २०७९, बुधबार १८:४९

Leave a Reply