No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इरानमा हालै भएको दगाका क्रममा २०० भन्दाबढीको मृत्यु

0

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दङ्गा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी गराएको छ ।

‘सरकारी अनुसन्धानले उक्त दङ्गाका कारण २०० भन्दा बढी व्यक्तिको ज्यान गएको देखाएको छ,’ परिषद्ले आधिकारिक समाचार संस्था आइआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हताहत हुनेमा सुरक्षा अधिकारी, सर्वसाधारण, प्रदर्शनकारी र विद्रोही समूहका सत्ताविरोधी सशस्त्र व्यक्ति रहेका छन् ।

परिषद्ले २२ वर्षीया महसा अमिनीको मृत्युपछि भड्किएको ‘दङ्गा’, नागरिक विरोध नभई ‘विनाश र हिंसा’ भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक व्यवस्थामा खलल पुर्याउने र कुनै पनि तह र स्थानमा हुने गैरकानुनी जमघटलाई निर्णायक र सहनशीलताबिना सम्बोधन गरिनेछ ।

गत सेप्टेम्बरमा तेहरानको एक प्रहरी चौकीमा विरामी भएको केही दिनपछि अमिनीको तेहरानको एक अस्पतालमा मृत्यु भएको थियो ।

सुरुमा उनको गृह प्रान्त कुर्दिस्तानमा सुरु भएको विरोध प्रदर्शन पछि राजधानी तेहरानलगायत अन्य इरानी शहरहरूमा फैलिएको थियो ।

 

प्रकाशित: १७ मंसिर २०७९, शनिबार १६:५६

Leave a Reply