केशवप्रसाद भट्टराई ।
१. आमजनता र सवै राजनीतिक आस्थाका व्यक्तिलाई आफ्नो अभिभावकको रूपमा उनलाई स्वीकार्न सजिलो हुने,
२. राष्ट्रपतिको गरिमा र मर्यादा राजनीतिक दलहरूको सत्ता स्वार्थको तीतो विवादबाट मुक्त र स्वतन्त्र रहने,
३. सवै राजनीतिक दलप्रति राष्ट्रपतिको व्यवहार समान र निष्पक्ष हुने,
४. त्यसले वर्तमान व्यवस्था र राजनीतिक दलहरूप्रति पनि जनताको विश्वास र सम्मान बढ्ने भएकोले, मूख्य दलहरूले स्वतन्त्र पृष्ठभूमिका व्यक्तिलाई भावी राष्ट्रपतिमा चाहेका हुन् भने त्यो स्वागतयोग्य हो ।
त्यसलाई स्वागत र समर्थन गरिनु पर्दछ, दलहरूभित्रका लोभी र पापीहरूका रूग्ण महत्वाकांक्षाकै कारण त्यस्माथि विवाद बढाउनु उचित नहोला । दलीय व्यवस्था भनेको राज्यका सवै राष्ट्रिय गरिमा र मर्यादाका पदहरूमा दलहरूका निजी विर्ता सरहको स्वामित्व रहने र कुनै स्वतन्त्र तर योग्य र सक्षम व्यक्तिलाई त्यस्तो पदमा स्थापना गर्नै नहुने भन्ने होइन ।