No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललितपुर महानगरको इतिहास गौरवपूर्ण : प्रधानमन्त्री

0

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको इतिहास गौरवपूर्ण भएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसरमा शनिबार महानगर परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, “अनुपम कला नगरीको रुपमा परिचित यस नगरको सरसफाईलगायत काम गर्न १९७५ पुस २ गते ‘छेमडोल अड्डा’को नामबाट सञ्चालन भएको कार्यालय आज महानगरपालिकाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । त्यसैले यसको इतिहास गौरवपूर्ण छ ।”

उपत्यकाको पुरानो र मौलिकतासहितको ललितपुर सहर महानगरपालिका बनेपछि व्यवस्थित विकाससहित नगरवासीको जीवनलाई सहज र गुणस्तरीय बनाउने योजनासहित अघि बढेको उनले बताए ।

प्रधानमन्त्री देउवाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक कला नगरी, उपत्यकाकै जेठो महानगरपालिका स्थापनाको एक सय चार वर्षमा प्रवेश गरेको सुखद अवसरमा महानगरवासी, जनप्रतिनिधिलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गरे ।

संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनले नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्नेमा जोड दिए ।

प्रकाशित: २ पुष २०७९, शनिबार १०:२०

Leave a Reply