No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संसदीय शासन प्रणालीमा गैरसंसदीय अभ्यास ?

0

काठमाडौं । संविधानविद डा. चन्द्रकान्त ज्ञवालीले सांसदले शपथ नलिई सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नु गलत भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमाफर्तत ज्ञवालीले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपालको संविधानले संसदीय शासन प्रणालीलाई अगालेको छ। निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसदको अधिवेशन आह्वान गर्नु पर्ने र ३५ दिन भित्र सरकार निर्माण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संसदको अधिवेशन आह्वान भएपछि संसदमा संविधान, देश र जनता प्रति उत्तरदायी र जवाफदेही बनाउन सपथ लिनुपर्ने विश्वका संसदीय शासन प्रणाली अगालेका ६६ मुलुकको अभ्यास हिजो पनि थियो र आज पनि जारी छ। त्यसपछि संसदीय दलको नेता चयन गर्ने र सरकार वनाउने अभ्यास र संवैधानिक व्यवस्था छन् ।’

उनले संसदीय शासन प्रणालीलाई अन्देखा गर्दै संसदको अधिवेशन नै नबोलाई संसदमा शपथ नलिई संविधानको धारा ७६(१) बमोजिम कुनै दलको बहुमतको सरकार बन्नै नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘तर हामी कहाँ २०७४ साल र २०७९ सालमा समेत संसदीय शासन प्रणालीलाई अन्देखा गर्दै संसदको अधिवेशन नै नबोलाई संसदमा शपथ नलिई संविधानको धारा ७६(१) बमोजिम कुनै दलको बहुमतको सरकार बन्नै नसक्ने तथ्य तथ्याङ्ककै आधारमा ७६(२) को संयुक्त सरकार सडकवाटै बनाउन उद्दत भई गैरसंसदिय अभ्यास गर्नु संसदीय शासन प्रणालीको उपहास भएन र ?’

प्रकाशित: ४ पुष २०७९, सोमबार १३:५२

Leave a Reply