No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली काँग्रेसको भाग्य परीक्षाको परिणाम आउन अझै बाँकी छ

0

जेपी गुप्ता ।

नेपाली काँग्रेसको भाग्य परीक्षाको परिणाम आउन अझै बाँकी छ। आज गठबन्धनमा देखिएको खिचलो पछिपनि शेरबहादुरजी प्रधानमन्त्री हुनु भयो भने पनि उहाँको ‘नैतिक विजय’ हुनेछैन। उच्च मनोबल तथा नैतिकताको आधारमा फेरिपनि उहाँले गठबन्धनको पक्षपोषण गर्नु हास्यास्पद हुनेछ, यद्यपि उहाँले त्यससो गर्न सक्नुहुनेछ।

गठबन्धनका बारेमा काँग्रेस भित्र दुई खाले मत थियो। आ–आफ्नो शक्तिको आधारमा चुनाव लडौं। चुनावको परिणामपछि सरकारको निर्माणको लागि समिकरण बनाउँ–यस मतका पक्षधरलाई शेरबहादुरजीका मानिसहरूले चौंरीगोठका च्याँग्रालाई लखेटे झैं लखेटियो। यसरी लखेटनेमा त्यस दलका वरिष्ठ नेता कहिएका रामचन्द्र पौडेलपनि एक मुख्य थिए। आज अपरान्ह काँग्रेसले भोगेको अवस्था भने त्यसबेला सुझाइएको–“आ–आफ्नो शक्तिको आधारमा चुनाव लडौं। चुनावको परिणाम पछि सरकारको निर्माणको लागि समिकरण बनाउँ।” भन्दा कहाँ भिन्न कहाँ रह्यो र?

आजको ५ बज्न थोरै बाँकी छ। आजको अपरान्ह ५ बजेसम्म के हुन्छ हेर्दै जाउँ। तर, अहिलेसम्मको घटनाक्रमले स्पष्ट हुन्छ कि “शेरबहादुर जीको गठबन्धन” उहाँलाई प्रम बनाउनका लागि मात्र थियो। रामचन्द्र पौडेल लगायतका नेताहरूले सरकार तथा संकटापन्न पार्टीमा आ–आफ्नो स्थानलाई सुरक्षित राखि राख्नकालागि आँखा चिम्लेर देउवाको मनोकाँक्षालाई बृहत्तर हितको बिषय भनी अपत्यारिलो ब्याख्या गरिरहें।
देउवाजीको यस अभीप्सालाई टेवा पुर्याउन आत्माको आवाज थिचेका यी काँग्रेसजनले काँग्रेसलाई अझ कमजोर बनाउन ठूलो मूल्य चुकाएको अब अझ देखिनेछ।

कुनै समय देशको हितमा निर्णय लिन द्विविधा भए एक चिम्टी माटो समातेर अन्तःकरणसंग सोध्नु भनी बीपीले भनेको मान्ने काँग्रेसजन यस बेला आफ्नो प्रष्ट छवि देखिइने ऐनामा देखिएको कुरापनि बोल्न सकेनन्।

प्रकाशित: १० पुष २०७९, आईतवार १०:४३

Leave a Reply