No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा सुवास नेम्वाङ एक किसिमले पूर्वनिर्धारित थियो !

0

केशवप्रसाद भट्टराई ।

१. आज विहान मेरा मित्र र विख्यात विश्लेषक सौरभसँग भेट भएको थियो । कुराकानीको क्रममा मैले भनेको थिएँ यदि नेपालमा प्रधानमन्त्रीको रूपमा अन्तर्राष्ट्रिय समुदायको प्राथमिकतामा कोही छ भने उहाँ प्रचण्ड हो भनेको थिएँ । मैले दिएको कारण थियो प्रचण्डमाथि उनीहरू जति दवाव दिन सक्दछन् त्यति देउवा र ओलीमाथि सक्दैनन् । प्रचण्डबाट हुन सक्ने काम देउवाबाट हुन सक्ने थिएन . । यो भन्दा बढी नभनौ ।

२. डिसेम्बर ११ मा फेसबुक मै मैले लेखेको थिएँ (ूकाङ्ग्रेसले संसदीय दलको नेता चुन्नु अघि नै वाम एकताको सरकारको तयारी पो पूर्ण हुँदैछ क्यारे । काङ्ग्रेसले ससदीय दलको नेता चुन्नु अघि त भएन अलि पछि भयो ।

३। शेरबहादुर देउवाले पहिलो कार्यकालको लागि प्रचण्डलाई नै सरकारको नेतृत्व सुम्पिन तयार रहेको भएपनि राष्ट्रपतिको निहुँमा विमति हुन्थ्यो नै । किन कि प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा सुवास नेम्वाङ, एक किसिमले पूर्व निर्धारित थियो ।

प्रकाशित: १० पुष २०७९, आईतवार १३:१५

Leave a Reply