No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली राजनीतिका तीन प्रवृत्ति

0

केशवप्रसाद भट्टराई।
१. कम्युनिष्टहरूकालागि सत्ता र शक्ति के हो भन्ने कुराको उदाहरण ओली , प्रचण्ड र माधव नेपाल प्रवृत्ति ।

२. अनि उहाँहरूको भरमा र बलमा सरकार र सत्तामा टिकिरहन चाहने शेरबहादुर देउवा,रामचन्द्र पौडेल आदि प्रवृत्ति ।

३. कम्युनिष्टहरूको बल र भरमा सत्ता र सरकारको सुखभोग उपलव्ध गराउन नसकेको अपराधमा शेरबहादुर देउवा दण्डित हुनुपर्छ भन्ने माग दावी गर्ने राजनीतिमा उमेर सिद्धान्तका प्रवर्तकहरूको महान लोकतान्त्रिक प्रवृत्ति ।

४. अनि केही प्रश्नहरूः
कम्युनिष्टहरूको शत्रुता र मित्रता कस्तो हुन्छ ? उहाँहरूले भनेका कुरा कति पत्याउने र कति नपत्याउने ? उहाँहरूले उठाउनु भएका राजनीतिक सवालहरूमा उहाँहरू कत्तिको इमान्दार हुनुहुन्छ/हुनुहुन्न ? अनि उहाँहरूसँग आगामी १०/२० वर्ष सम्म निरन्तर सहकार्यको दावी गर्ने काङ्ग्रेसी कत्तिको काङ्ग्रेसी हुन् ?

देउवा, पौडेल, थापा, शर्मा नेतृत्वको काङ्ग्रेसले कम्युनिस्टहरू बनाएको सरकार, चुनावी गठबन्धन कत्तिको नैतिक/अनैतिक ? आफ्नो पार्टीको तुलनामा झन्डै एक तिहाई स्थान प्राप्त दललाई प्रधानमन्त्री वा सरकारको नेतृत्व सुम्पिएर त्यो सरकारमा बस्नु सत्तामा साझेदारी गर्नु कत्तिको प्रजातान्त्रिक र जनमतको सम्मान होला ?

हिजो संसद्को सबैभन्दा ठूलो दललाई अदालतको आदेशबाट सरकारबाट बाहिर राखेर सरकारको नेतृत्व गर्दा संविधानको रक्षा हुँदा आज पनि त संविधानकै रक्षा भएको होला ?

हामी आफ्नै बलमा आफ्नै विचार र संगठनको बलमा जनादेश प्राप्त गरेर सरकारमा बनाउँछौँ , सिद्धान्तहीन, विचारहीन र मूल्यहीन गठबन्धनको बलमा सरकारमा जानेछैनौं भन्ने युवाहरूले पो राजनीतिमा रूपान्तरणको नेतृत्व गर्लान्, गठबन्धन टुट्यो , सरकार गुम्यो भनेर रुनेले गर्लान् ?

 

प्रकाशित: १५ पुष २०७९, शुक्रबार ०३:५५

Leave a Reply