No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सन् २०२३ मा नेपालले थुप्रै नयाँ घटनाहरुको सामना गर्नुपर्नेछ

0

डा. युवराज संग्रौला ।
१. विश्व व्यस्थामा एउटा राष्ट्रको अद्प, एउटा करेन्सीको प्रभुत्व, र एक गोलाद्र्धको रजगज समाप्त भएर, बहुराष्ट्र, बहुकरेन्सी र समग्र दक्षिणको उदय उर्लदों छ । के होला यसको प्रभाव नेपालमा ? यो कसैको खोजीको सरोकार अहिलेसम्म बनेको छैन, सरकार र पार्टीहरुको त कुरै छोडौं ।
२. सरकार जसले बनाउन, एकता जस जसको होस्, गगनजी उदय होस् वा नहोस्, रविजीको मन्त्रीत्व फुलोस् नफुलोस्, वर्तमान ठालुतन्त्रले डेलीभर वा सेवा प्रबाह गर्दैन, किनभने यो थारो गाई हो, ब्याउँदैन । नेपालको वर्तमान अवस्था बदल्न अहिलेको वयवस्था बदल्नु अनिर्वाय छ। राजनीति दलको काम त यो चाहिँ होला ।

३. चीन र अमेरिकाबीचको तनाव अझ बढ्ने स्पष्ट छ । भारत अमेरिका र रसियाका बीचमा दोहोर प्रेमको लीला र रतीकृया गरिनै रहेने छ, मौका पाए चीनसग कुस्ती खेल्ने र नेपाललाई अझ निचोर्न छोड्ने छैन। रसिया र युरोपको टक्कर झन् बढ्ने छ, युरोप झन् कमजोर हुनेछ। यसले जन्माउने नंया परीस्थिति कस्तो होला ? यसको सम्बोधन कसरी गर्ने होला, नेपालले ? नेपाली राष्ट्रिय संयन्त्रहरु सुतुर्मुगले झैँ बालुवामुनी टाउको घुसारेर बस्नेछन्, त्यसैले आनन्द छ।

४. यो परिवर्तनोमुख अन्तर्राष्ट्रिय परिस्थितिमा, नेपालीको परदेश श्रमबजार कोल्याप्स हुने संभावना सलबलाई रहेको छ। त्यसोभयो भने, ३ खर्बको खाद्यान्न के ले किन्ने होला ? अन्तराष्ट्रिय सम्बन्धमा चीन र रसियाको उदय झन शक्तिशाली भयो भने त्यसको सम्बोधन कसरी गर्ने होला ?
राजनीति दललाई यी कुराको चिन्ता छ ? छैन। कोभिडको अर्को माहामारी बढ्यो भने त्यसको रोकथाम कसरी गर्ने होला ? त्यसको तयारी छ ? छैन।
यस नयाँवर्षले हामीलाई यस्ता कुराप्रति सचेत गरोस् र स्वाभीमान जागेर्ना गर्ने, देशमा श्रम गर्ने, आँखा खोलेर दुनियाँलाई हेर्ने चेतना, र समाजलाई उन्नत बनाउन काम गर्ने प्रेरणा देओस् ।

 

प्रकाशित: १७ पुष २०७९, आईतवार ०६:०४

Leave a Reply