No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकार बनिनसक्दै बदनाम र आयु तोकिदै

0

ऋषि कट्टेल ।
प्रचण्ड नेतृत्वको सरकार बनेको आधा महिना बित्न लागिरहेको छ । यसबीचमा न सरकारले पूर्णता पाउन सकेको छ नत सुशासनको प्रत्याभूतिको आभास दिन सकेको छ । बरु कुशासनको बाटोमा हिडने सुरुवात गरिरहेको छ । कुसाशनको सुरुवात मन्त्रीमण्डल गठनबाटै भएको छ । अहिल्यै देशमा तीन उपप्रधानमन्त्रीहरु छन् । भएका मन्त्रीहरु विना विभागीय छन् । अझै केही उपप्रधानमन्त्रीहरु थपिने र मन्त्रालयहरु फुटाएर भागवन्डा पुर्याउने कसरत हुँदैछ भन्नेकुरा आमसंचारमा आएका छन् । यदि यस्तै हो भने योभन्दा कुशासनको भद्दा नमुना अरु हुनै सक्दैन ।

कतिपय राजनीतिक बिश्लेषकहरु यो सरकारको आयु ७९ सालसम्म मात्र भन्न लागि रहेका छन् । केही यस्ता कुराहरु छन् जसले यो कुराको पुष्टि गर्दछ ।

१.यो सरकार अलोकपृय बन्नेछ जसको संकेत सरकार गठनबाटै देखिइसकेको छ ।  २.  यो गठबन्धन सत्ता स्वार्थ केन्द्रित मात्रै छैन प्रायोजित पनि छ । ३. यो गठबन्धनमा संलग्न शक्तिहरुको संविधानप्रतिनै विमति छ ४. गठबन्धनमा संलग्न नयाँ शक्तिहरुको घोषित उद्देश्यनै पुरानालाई विस्थापित गर्ने छ र ५. शेरबहादुरको नेतृत्वमा रहेको इण्डो अमेरिकी गठवन्धन उनीहरुबीच नेपालमाथिको प्रभुत्वलाई लिएर भएको अन्तरविरोधका कारण टुटेको हो अर्थात् भारत र पश्चिमाहरु बीच प्रभुत्व स्वार्थको टक्करबाट टुटेको हो । शेरवहादुर प्रचण्ड बीच भगवण्डा नमिलेर हैन । यसकारण यो गठबन्धन शक्तिकेन्द्रहरुको सामान्य स्वार्थमा धक्का लाग्ने वा उनकाबीच सामान्य सहमति हुने बित्तिक्कै टुटिहाल्छ । किनकी यिनीहरु नेपाली अनुहारका विदेशी मोहरा हुन् भन्ने कुरामा भ्रम पाल्नु जरुरी छैन ।

प्रकाशित: २२ पुष २०७९, शुक्रबार ०४:२६

Leave a Reply