No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वैकल्पिक राजनीतिको पुनर्गठन किन ?

0

ठाकुर पोखरेल ।

‘जति नै आन्दोलन गरे पनि पार्टी वा सत्ताको चरित्रमा परिवर्तन नहुदाँ सम्म ‘लोकतान्त्रिक गणतन्त्र’ कागजातमा मात्र सिमित भयो’
_________________________
सत्ता बाहिर हुदाँ पूर्ण लोकतन्त्रको बडो धमाका मच्चाउने दलका शीर्षस्थ नेताहरू नै सत्तामा पुगेपछि ‘तन्त्र लाई केन्द्रमा र लोकलाई पाखामा राख्ने प्रवृत्ति’ ले नेपालको लोकतान्त्रिक गणतन्त्रको उपलब्धता माथि धेरै प्रश्नहरू तेर्सिएका हुन।
विषय प्रवेश:
लोकतन्त्र वा प्रजातन्त्र-:
लोकतन्त्र (वा प्रजातन्त्र) शासनको एउटा व्यवस्था हो। यो व्यवस्था दुई प्रकारका हुन्छन्। प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सीधा रूपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधि मूलक लोकतन्त्रमा शासनको दायित्व जनता द्वारा निर्वाचित प्रतिनिधि द्वारा हुने गर्दछ। प्रायः, सानो जनसङ्ख्यामा प्रत्यक्ष र ठूलो जनसङ्ख्यामा प्रतिनिधिमूलक लोकतन्त्र बढी प्रभावकारी देखिएका छन् ।

व्यवस्था परिवर्तन

कुनै विषयमा अभाव वा असहज महसुस हुँदा आन्दोलन हुन्छ। तर, जति आन्दोलन गरे पनि अन्ततः यसलाई कहाँ पुर्‍याउने ? अब के हुने हो ? भन्ने कौतुहलता आइरहनु मानवीय सोभाव हो पहिले ‘प्रजातन्त्र’ भनिन्थ्यो,अचेल लोकतन्त्र। पछि त्यसैमा थपियो,‘संघीयता’। संघियता भन्ने वित्तिकै अधिकारको विकेन्द्रीकरण तथा स्थानीय एकाईहरु सबलिकृत स्वयत्तता प्रधान गरिनु / आफ्नो स्थानीय ठाउँमा आफ्नै योजना मुताविक विकास निर्माणका कामहरु गर्ने सामर्थ्य प्रदान गरिनु हो ।

समय समयको संघर्ष र त्यसको उपलब्धि देखे पछि यो लोकतन्त्र के हो ? नेपालका राजनीतिक दलको अवधारणा के हो ? आफुलाई लोकतान्त्रिक दल भन्ने तर लोक कहाँ कसरी चलिरहेको र तन्त्र कहाँ छ ? सत्ताधारीले लोकलाई कसरी राखेका छन् ? यिनै प्रश्न र उत्तरको खोजीमा हामी छौ ।
वैकल्पिक राजनीतिको मूलबाटो 
पछिल्लो समयमा वैकल्पिक राजनीति वारे सकरात्मक बहसको विषय बनाउने राजनीतिक व्यक्तित्वहरु हुन डा देवेन्द्रराज पाण्डे देखि डा बाबुराम भट्टराई ! तर, बहस बहसमा मात्र सिमित भयो केहीले नयाँ विचार सहित एकाइसौं शताब्दीको जनचेतना लाई सम्बोधन हुने नयाँ विचार र कार्यदिशा सहितको पूर्ण लोकतान्त्रिक दल बनाउँने भनेर कसरत गरेको पनि देखियो। तर, उक्त अभियानलाई ५ वर्ष सम्म पनि आफ्नो अड्याउन र टिकाउन नसकी पुरानै र यथास्थितिवादी फेलियर चिन्तन तिर भासिए भने केहीले सत्ताको हालिमुहाली झल्झली सम्झेरै होला ! आफैंले ”रातो स्टिकर टाँसेको घर” भन्दै त्यागेको घरमै श्ररण लिन पुगे। जो आत्मैदेखि देश र जनताको हितमा नयाँ लोकतान्त्रिक परिपाटी सहित अग्रगामी राजनीतिक मार्ग चित्रका लागि राजनीतिमा सक्रिय रहँदै आएका राजनीतिक विशेषता भएका नेता हरु वैकल्पिक राजनीतिलाई तार्किक निष्कर्षमा पुर्याउन कम्मर कसेर लागेका छन्। हामी हजारौं अभियान्ताहरु पनि पूर्ण लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास सहित अग्रगामी कार्यदिशाबाट समृद्ध नेपाल निर्माणका कटिवद्ध छौं।

लोकतन्त्रको सुन्दर पक्ष भनेको नयाँ नयाँ विचार र एजेण्डा भएका राजनीतिक दलहरु को उदय हुने र पुराना दलहरु हट्दै जाने अर्थात् ”पुराना पात झर्ने र नयाँ पातहरू पलाउने” ”पुराना सडेगलेका रुख हटाउने र नयाँ नयाँ विरुवा हुर्काउने” यही सन्दर्भमा वैकल्पिक राजनीतिको विकास, लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष र पूर्ण लोकतन्त्रको भावना जागृत गराउदै सुशासन समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानका लागि लामो राजनीतिक जीवन पार गर्दै आएका अध्ययनशील वौद्धिक व्यक्तित्त्व डम्बर खतिवडा लगायत विभिन्न राजनीतिक दल भित्रको आन्तरिक लोकतन्त्र वारे भोगाइ बटुलेका अनुभवी नेताहरु वैकल्पिक राजनीति लाई पुनर्गठन अभियान अन्तर्गत जुटिरहेका छन्। हाम्रो प्रतिवद्धता लोकतान्त्रिक गणतन्त्र,संघियता, सुशासन, समृद्धि र पूर्ण लोकतन्त्र(समुन्नत समाजवाद) का लागि हो ।
पश्चिमा मुलुकहरु सभ्यता र ज्ञानगुनका कुराहरुको व्यावहारिक चरित्र सँगै सुशासन र समृद्ध मुलुक बन्दै अघि बढेका हुन्। बेलायत, अमेरिका, सिंगापुर,जापान, दक्षिण कोरिया जस्ता मुलुकमा कसरी लोकतन्त्रको सफल अभ्यास भएको छ ? भन्ने सिकेर सबैलाई स्वतन्त्रता चाहिन्छ भन्ने अनुभूति हामीले लिनैपर्छ। ‘सम्पन्नताको विरोध र दरिद्र मानसिकताको समर्थन’ गर्ने केही अन्तर्राष्ट्रिय आदर्श बोकेका पार्टी हरुले नेपाली समाजलाई सधैं अस्थिरता दिए मात्र होइन २००७ साल,२०१७ साल,२०४६ साल र पछिल्लो लोकतान्त्रिक गणतन्त्रको लागि भएको जनयुद्धको बलमा भएको जनआन्दोलन दुई २०६२/०६३ पछि उदाएका राजनीतिक दल हरुले समेत पनि जनतालाई केन्द्रमा नराखी आफैं सर्वेसर्वा हुने परिस्थिति निर्माण गरे। लोकतान्त्रिक गणतन्त्रमा पनि अझै मूखिया बन्ने पुराना दलका शीर्ष नेताहरुको कुराजनीतिक संस्कार कहिले सम्म मानिरहने ?

‘पटक पटक व्यावस्था बदल्न आफ्नो जवानी खर्चिएका नेताहरुले जनताको हितमा काम गर्न सकेनन्’ बरु झनै भ्रष्ट, दलाल र चाकडी परिपाटी को राजनीति संस्कृति विकास गरिनु दु:खदायी अवस्था भयो। आफु बुद्ध भएर पनि सत्ता स्वार्थमा बसिरहने आफु बाहेक अरु सक्षम नदेख्ने! यसरी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा धमिराको राज भयो । त्यस कारण पनि वैकल्पिक उपाय सहितको राजनीतिक अभियानको खोजीमा हामी लागिरहेका छौं।

शासकहरुले सत्ता प्राप्ति पछि जनतालाई नोकर र आफु मालिक वा मूखिया बन्ने प्रक्रिया मास्दै न्याय र समानताको लागि हामी सबै जान्नैपर्ने परिस्थिति जन्मायो। वैकल्पिक राजनीतिको पुनर्गठन अभियान किन ? भन्ने विषयमा मेरो आफ्नो धारणा निम्न बुदाहरुमा राख्दछु।
#लोकतन्त्र नवीकरण हुनुपर्छ। जटिल मानव समाजमा आदर्श लोकतन्त्र सम्भव छ भन्न खोजेको छैन। लोकहितकारी व्यावहारिक अरू कुनै विकल्प नदेखेकाले पनि आदर्शलाई पछ्याइरहने र सकभर व्यवहारमा उतारिरहने प्रयास भइरहनुपर्छ। मुलुकमा राजनीतिक दल, निर्वाचन वा शासन व्यवस्थाका समेत ऐन–कानुनका पालनामा देखिने कमी कमजोरी नजानेर, नबुझेको कारणले सम्भव भएको होइन, लोकतन्त्रको आदर्श आत्मासात गर्न नसकेर या नचाहेर निष्ठा नभएर हो। पुराना र यथास्थितिमा रमाउँने दलकाहरुले लोकतान्त्रिक गणतन्त्रको प्रतिफल राष्ट्र राष्ट्रियता र जनहितको पक्षमा गरेनन्। आफै मूखिया बन्ने रणनीतिमा लागेका कारण पनि लोकतन्त्र प्रतिको विश्वास घट्दै गएको हो।

लोकतन्त्र राज्य र राजनीतिका सन्दर्भमा मात्र होइन, यो आदर्शले समाजमा पनि प्रभाव नपारेसम्म राज्य र राजनीतिमा लोकतान्त्रिक पद्धति विकास हुन सक्दैन। लोकतन्त्र जीवन पद्धति हो। जोन डुबी मेरिकी दार्शनिक हुन् । उनलाई व्यवहारवादी दार्शनिक पनि भन्ने गरिन्छ। उनी भन्छन्, ‘लोकतन्त्र हाम्रो दैनिक जीवनमा गरिने र देखिने व्यवहार हो त्यो स्वस्फूर्त चरित्रमा पनि झुल्किनु पर्छ’, ‘हाम्रा आनीबानी नै लोकतान्त्रिक हुनु पर्छ’ पूरै सम्भव छैन भने जति सकिन्छ प्रयत्नशील रहनु पर्छ, दृष्टान्टका निम्ति। समाजमा सबैभन्दा बढी हामी घुलमिल हुने ठाउँ आफ्नै परिवार हो‌। परिवार भित्र लोकतन्त्र चाहिन्छ कि चाहिँदैन ? हरेक परिवारका आफ्नै इतिहास हुन्छन् र सायद केही मूल्यमान्यता पनि। आमा-बाबु, दाजु-भाइ, दिदी-बहिनी सबैका आ-आफ्ना स्थान हुन्छन् होला। तर, लोकतान्त्रिक समाजको परिवार भित्र पित्तृसत्तात्मक व्यवहार असंगत हुन्छ। घरेलु हिंसा अक्षम्य हुन्छ। आफ्ना आधारभूत समानता र न्यायका सिद्धान्तबाट निर्देशित हुन्छ। यसैगरी परिवार जस्तै महत्त्वपूर्ण हो राज्यको सुरक्षा निकाय सैनिक क्षेत्र। सेनाको पनि आफ्नै संस्कार, मूल्य–मान्यता र आन्तरिक कानुन समेत हुने गर्छ। त्यहाँ अनुशासनको ठूलो महत्त्व हुन्छ र हुनुपर्छ। तर, अनुशासन भनेर साना दर्जाका जवान वा राष्ट्र सेवकलाई घरेलु कामदार जस्तो व्यवहार गर्ने, आफ्नो घर-बारीमा काम लगाउने, श्रमसोषण जस्ता अमानवीय व्यवहार गर्न पाइँदैन। आम जनताका निम्ति बाँच्न उपयोग हुने साधन स्रोतमा आफू मात्र निर्भर हुने होइन, नागरिकको पनि पहुँच पुगोस् भन्ने धारणा राखिनु पर्छ लोकतान्त्रिक परिपाटी सेनामा हुनुपर्छ।

यी अन्य निकाय पेसा, सुरक्षा निकायमा लागू हुन्छ। अन्य क्षेत्रमा जस्तै शिक्षा, प्रशासन, शिक्षण विधि लोकतान्त्रिक हुनु पर्ने मान्यता बाहेक यो क्षेत्र लोकतान्त्रिक विकासका लागि पनि महत्त्वपूर्ण छन्। यसो भनि रहँदा म दार्शनिक जोन डुबीतिरै फर्किनु पर्छ। उनी लोकतन्त्र र शिक्षाका बीचमा घनिष्ट सम्बन्ध देख्थे। उचित शिक्षाबाट लोकतान्त्रिक पद्धति र संस्कृति सँगसँगै विकसित हुँदै जान्छ भन्नेमा विश्वास गर्दथे। (Philosophy of Zone Duby)

उनले भनेका तीन कुरालाई विश्वास गर्दा- पहिलो, लोकतन्त्र लाई प्रत्येक नयाँ पिँढीमा नवीकरण गर्दै जानु पर्छ। यसनिम्ति घर परिवार देखि विद्यालय सम्म दिइने शिक्षा, शिक्षण विधि के छ ? भन्नेमा अध्ययन र समय अुनसार परिमार्जन तथा परिवर्तन गरिदै लैजानु पर्छ। दोस्रो, शिक्षालाई व्यक्तिगत,पेशागत सन्तोष, सुविधा वा जीवनयापनको माध्यमका रूपमा मात्र लिइनु हुँदैन। शिक्षा सार्वजनिक महत्त्वको विषय हो। सार्वजनिक महत्त्व राख्ने स्थितिमा शिक्षाले लोकतन्त्रलाई र लोकतन्त्रले शिक्षालाई भर थेगो गर्ने हुनुपर्छ। तेस्रो, शिक्षाले हामीलाई लोकतान्त्रिक वृत्ति (सिर्जनशील) निर्देशित गर्न मद्दत गर्ने खालको हुनुपर्छ। नागरिक मानसिकतामा आत्मबल र नैतिक चरित्रको लोकतन्त्र विकसित हुँदै, नवीकरण हुँदै क्रमबद्ध रूपमा श्रेष्ठता तर्फ उन्मुख हुनुपर्छ।
दलतन्त्र कि लोकतन्त्र ?
बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा धेरै दलहरु बीच राजनीतिक प्रतिस्पर्धा हुनु, स्वच्छ चुनावी मैदानमा जनमत संकलनका लागि चुनावी प्रतिस्पर्धा हुनु सुन्दर पक्ष हो।तर,दलीय व्यवस्था र लोकतान्त्रिक व्यवस्थालाई पर्याय मानेकाले दलहरूले शिक्षाको क्षेत्रमा पनि प्रभाव पारे। प्राज्ञिक, ज्ञानगुन, अध्ययन–अनुसन्धानका आधारमा आफ्नो उत्कृष्टता र क्षमता देखाउने वा खोज्ने होइन कि पार्टीहरूको सम्पर्कका आधारमा उत्कृष्टता खोज्ने चलन बसालेको पाईन्छ। यस्तो अवस्था रहेसम्म लोकतान्त्रिक व्यवस्थालाई सबलीकरणको सबलीकरण हुनै सक्दैन। निर्वाचनमा पैसाको ठूलो चलखेलले लोकतन्त्रलाई नष्ट गर्दै छ। निर्वाचनमा पैसाको भूमिका सीमित गर्न राजनीतिक दलहरूलाई राज्यको आर्थिक सहयोगको व्यवस्था हुनुपर्ने होइन र ? तर, त्यतातिर नेपालका पुराना विरासत बोकेका पार्टीले कहिल्यै सोचेनन् /अब पनि तयार छैनन् ।
पुरानो राजनीतिक उपलब्धि र अग्रगामी बाटो 
नेपालको राजनीति आन्दोलन तथा व्यावस्था परिवर्तनका लागि आफ्नो जवानी खर्चिएका नेताहरुले नै लोकतन्त्रको पर्यायवाची आफु र आफ्ना लागि मान्नु गलत भएको हो। हाल सङ्घीयताको अभ्यास गरिरहेको नेपालले आफूलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सहितको देशका रूपमा चिनाउने गर्छ। तर, देश भित्रैका सयौं परिस्थिति (द इकोनोमिष्ट इन्टेलिजेन्स युनिटले गर्ने वर्गीकरणले) र दल तन्त्रको हालिमुहाली बाट नेपालमा पूर्ण लोकतन्त्र रहेको भन्ने दाबीलाई खासै स्वीकार गरेको छैन।
अतः जनताको हितमा हुने लोकतान्त्रिक गणतन्त्र, संघियता, सुशासन कायम राख्दै मानवीय मूल्य मान्यता लाई सर्वोत्कृष्ट मानि समुन्नत समाजवाद लोकतन्त्रको सुन्दर पक्ष हो।

प्रकाशित: २४ पुष २०७९, आईतवार १२:५३

Leave a Reply