No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीलाई नेपालको सुझावः ओलीको अहंकारको पछि नलाग्नुस्

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको पछि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संसद विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले फेरि धोका दिने भएकाले सजग रहन प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह गरे ।

उनले भने,‘मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहंकार प्रदर्शन गर्ने ओलीमा यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभईदिनु होला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नु होला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला ।’

अध्यक्ष नेपालले संसद विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भएपनि ओलीले आफूले ठिक गरेँ भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए । अध्यक्ष नेपालले देशलाई विदेशीहरुको क्रिडाभूमि बन्न नदिने काममा पनि वर्तमान सरकार सचेत रहनुपर्ने बताए ।

प्रकाशित: २७ पुष २०७९, बुधबार १०:४१

Leave a Reply