No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रदेश एकको सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित

0

विराटनगर । प्रदेश एकको सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले गौतमलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव गरेका थिए ।

उनले गरेको प्रस्तावलाई समर्थकको तर्फबाट माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर बुर्जामगरले समर्थन गरेका थिए । त्यसपछि प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले सभामुखमा गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

ओखलढुंगा (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित गौतमको प्रदेश सभामुखमा एकल उम्मेदवारी दर्ता भएको थियो । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार ०६:२१

Leave a Reply