No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा

0

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा भएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले उनीहरूको काज सरुवा गरेको हो । काज सरुवा हुनेमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईसमेत छन् ।

उनलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर, दाङमा काज खटाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् ।

कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।

प्रकाशित: २८ पुष २०७९, बिहीबार ०९:०५

Leave a Reply