No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जसपा नेपाल छाडेका सात सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्न सर्वोच्चमा रिट

0

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विश्वासको मत रोक्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा यसअघि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको आधारमा टेकेर यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् । जसपा नेपालका प्रवक्ता मनिष सुमनले पार्टी विभाजनबारे सर्वोच्चले अन्तरिम आदेश दिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिँदा सात जना सांसदले गर्ने मतदान अवैध हुने भएकाले रिट दायर गरिएको बताए ।

सर्वोच्चले सोमबार लागि पहिलो पेसी तोकिसकेको पनि सुमनले जानकारी दिए । जसपा नेपालले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् । उनले जसपा नेपाल विभाजनसम्बन्धी मुद्दामा फैसला आउनुअगाडि नै विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रकाशित: ६ जेष्ठ २०८१, आईतवार १२:१७

Leave a Reply