No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म कोही घरबेटी, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिनः उपप्रधानमन्त्री श्रेष्ठ

0

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंको सोह्रखुट्टे, पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्न पुगेका मन्त्री श्रेष्ठले आफू कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए । उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएकाले कसैलाई नछाड्ने बताए ।

उनले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताए । उनले भने, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिन । निरपेक्ष ढंगले काम गर्छुु । प्रधानमन्त्रीले जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडि दिनुहोला ।’

मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार ०४:४७

Leave a Reply