No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मधेश प्रदेशका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

0

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

उनले भोजपुरी भाषामा शपथ लिएका छन् । उनीसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले शपथ लिएका छन् ।

नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिएका हुन् । यादव ७२ सांसदको समर्थनमा बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार ०७:५९

Leave a Reply