No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एक करोड भन्दाबढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा एक कर्मचारीविरुद्ध मुद्दा दायर

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध १ करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पोखरेलविरुद्ध १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरी शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो । अख्तियारले अकुत सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पोखरेलकी पत्नी बिमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अख्तियारले पोखरेलमाथि अनुसन्धान थालेको थियो । त्यसपछि पोखरेल सरुवा भएर भूमि आयोगमा पुगेका थिए । हाल आयोगमै कार्यरत रहेका बेला उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित: २९ पुष २०७९, शुक्रबार ०९:५६

Leave a Reply