No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त

0

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार पुस २५ गते मुख्यमन्त्री नियुक्ति भएका अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार शुक्रबारको बैठकमा विश्वासको मत मागेका थिए ।

६० सदस्यमध्ये बैठकमा ५८ जना सहभागी थिए । जसमा ३१ सांसदले पक्षमा र २७ ले विपक्षमा मत दिएका छन् ।

६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई स्वतन्त्रसहित ३३ सांसदको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । विश्वासको मत लिदा भने राजीव गुरुङ सहभागी भएनन् ।

 

प्रकाशित: २९ पुष २०७९, शुक्रबार १०:०३

Leave a Reply