No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनका राजदूत सोङद्वारा ओहोदाको प्रमाणपत्र पेस

0

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

शुक्रबार राजदूत छनले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। नयाँ राजदूत छन् चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्। उनी नेपाल मामिलाका जानकारसमेत मानिन्छन्।

त्यसैले बेइजिङले एसिया मामिला हेर्ने पाँचजना डेपुटी डाइरेक्टर जनरलमध्ये छन‍्लाई नेपालको राजदूतमा नियुक्ति गरेको थियो।

 

प्रकाशित: २९ पुष २०७९, शुक्रबार १०:४०

Leave a Reply