No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘मैले अघिल्लो चुनावमा हराएको ‘मण्डले’लाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु ?’

0

काठमाडौं । घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित कार्यक्रममा भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण देशले प्रगति गर्न नसकेको आरोप लगाए । उनले एमालेमा ओलीवाद हाबी भएकै कारण देशले प्रगति गर्न नसकेको बताए । उनले भने, ‘ओलीवाद हाबी भएका कारण कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा परेको हो। सर्वत्र म भन्ने सिद्धान्त ओलीजीमा छ। त्यो नै प्रगतिको बाधक हो ।’

उनले एमालेमा ओलीवाद हावी भएकै कारण आफू एमालेमा बस्न नसकेको बताए । उनले भने, ‘मैले अघिल्लो चुनावमा हराएको मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा म सहेर बस्नु हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन । जोसुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्छ मलाई । त्यसैले मैले प्रतिवाद गरेको हुँ ।’ उनले आफू विचारमा धेरैनै प्रष्ट भएको बताए ।

उनले सिद्धान्ततः नेकपाको उत्तराधिकारी नेकपा एकीकृत समाजवादी नै हुने दाबी गरे । भुसालले ओलीले एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन चलाउन खोजेको आरोप लगाए । उनले त्यसरी शासन चल्न छोडेका दिन ओलीले फेरि पनि संसद् विघटन गर्ने हुँकार गरिरहेको बताए ।

उनले भने, ‘अहिले पनि ओलीले एकातिर हलो र अर्कोतिर घण्टी राखेर बालकोटबाट शासन चलाउने र पायो भने संसद् विघटन गर्छु भनेको हो ।’ ओलीले प्रधानमन्त्रीले संसदमा विश्वासको मत दिन संसद विघटन सही भएको भन्दै आफ्नो विगतको कदम गलत नभएको जिकिर गरेका थिए ।

 

प्रकाशित: २९ पुष २०७९, शुक्रबार १०:५२

Leave a Reply