No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्रीले गोजीमा हथकडी बोकेर हिँड्छ र भन्ने खालको सफाइ अलि काँचो भएन र ?

0

नारायण गाउँले ।

‘मधेश आन्दोलन’का बेला आन्दोलनकारीको भौतिक आक्रमणबाट रगताम्य भएर एम्बुलेन्समा उपचारका लागि लगिँदै गरेका प्रहरी थमन बिकलाई एम्बुलेन्सबाटै थुतेर निर्मम हत्या गरिएको थियो ।

त्यो नृशंश हत्याका आरोपितमध्ये एक हुन् लक्ष्मी महतो कोइरी । उनलाई जनकपुर उच्च अदालतले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको भए पनि शक्तिको आड़मा उनी पक्राउ पर्न सकेनन् । पक्राउ पर्नु त टाढाको कुरा, ओलीनिकट रहेकाले प्रहरी र अदालतको फरार सूचीमा रहेकै अवस्थामा उनलाई एमालेले टिकट दिएर सांसद बनाएको छ ।

अपराधी, भ्रष्ट र कानुन मिच्नेहरू लाई नछोड्ने कसम खाएका रवि लामिछाने गृहमन्त्री छन् र कानुनको नजरमा फरार अभियुक्त कोइरीले अस्ति संसदमा गृहमन्त्रीसँगै उभिएर विश्वासको मत दिए ! र पनि गृहमन्त्री मातहतको पुलिसले उनलाई देख्न र भेटाउन सकेन ।
उसो त शपथ खान पनि उनी संसदमा उपस्थित भएका रहेछन् । पार्टीको बलियो छायाँ भएपछि प्रहरीले देख्ने कुरो भएन ।

कांग्रेस-एमाले र माओवादीसँग यस्ता नेता धेरै छन् । तिनले अर्मपर्मका लागि एकअर्कालाई बचाउनु स्वाभाविक हो । अहिले उनलाई पक्राउ गर्न लामिछानेले फेरि आदेश दिएको भन्ने पढ़ियो । प्रहरीले भेटाउला त ? राजनैतिक दबाब चिरेर लामिछानेले उनलाई न्यायको कठघरामा उभ्याउन सक्लान् ? गृहमन्त्रीले गोजीमा हथकड़ी बोकेर हिँड्छ र भन्ने खालको उनको सफाइ अलि काँचो, निराशाजनक र अराजनैतिक भए पनि व्यवहार अलि पाको बन्दै जाला भन्ने कामना गरौँ !

प्रकाशित: ३० पुष २०७९, शनिबार १२:०६

Leave a Reply