No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संकटको स्थितिमा प्रधानमन्त्रीको पदमाथि यत्रो ठूलो अन्याय !

0

केशवप्रसाद भट्टराई ।
ईतिहासकै कमजोर सरकार र मुलुक ईतिहासकै सवैभन्दा कठीन संकटको स्थितिमा प्रधानमन्त्रीको पदमाथि यत्रो ठूलो अन्याय ? संसदमा तेस्रो ठूलो दलको सरकार छ । सरकारमा प्रधानमन्त्रीको दलसँग गृह, अर्थ, परराष्ट्र, रक्षा जस्ता मन्त्रालय छैनन् । प्रधानमन्त्रीको दल भन्दा प्रधानमन्त्रीलाई समर्थन गर्ने दलसँग अर्थात् संसदको दोस्रो ठूलो दलको सिट संख्या ७८ (प्रधानमन्त्रीको दलको ३२ ) सरकारको केन्द्र भनेकै प्रधानमन्त्री । सत्ता र शक्तिको केन्द्र भनेको प्रधानमन्त्री । मुलुकले खोजेको– बलियो सरकार । बलियो प्रधानमन्त्री ! तर जनजनको मनमा प्रश्न छ – सत्ता र शक्तिको केन्द्र बालुवाटार हो कि बालकोट ? व्यक्तिमा मतभेद होला, तर प्रधानमन्त्री भनेको संस्था हो । त्यसैले प्रधानमन्त्री निर्णायक नै हुनुपर्दछ । तर के प्रधानमन्त्रीय प्रणालीको वजन यो सरकारले धान्न सक्दछ ?

मन्त्रिपरिषदलाई सशक्त र निर्णायक नेतृत्व दिन र आफ्नो प्राधिकार स्थापना गर्न प्रधानमन्त्री सक्नुहुन्छ ? सरकारमा चार जना उपप्रधानमन्त्री भनेको चार जना अन्य प्रधानमन्त्री त्यस मध्ये प्रचण्डजी एक नम्वर प्रधानमन्त्री । यो मन्त्रिपरिषद कि प्रधानमन्त्री परिषद ? प्रचण्डजी मन्त्रिपरिषदको अध्यक्ष कि प्रधानमन्त्री परिषदको ? प्रधानमन्त्रीको पदमाथि यत्रो ठूलो अन्याय ? २०६२–६३ पछाडि माओवादी संलग्न नभएको कुनै सरकार नहोला । चार पटक त माओवादी नेताकै नेतृत्वमा सरकार रह्यो ! अब नयाँ के होला ?

 

प्रकाशित: ५ माघ २०७९, बिहीबार ०५:१३

Leave a Reply