No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

किन भए उपेन्द्र यादव ‘यु टर्न’ ?

0

जेपी गुप्ता ।

मधेसले माघ ५ गते बलिदानी दिवस मनाउनु भन्दा एक दिनअघि उपेन्द्र यादवका पार्टीको संसदीय दलका नेतालाई उल्लेख गर्दै एउटा समाचार आयो । समाचारमा भनिएको थियो,’शक्ति बाँटफाटको यथास्थितिमा जसपा सरकारमा सहभागी हुँदैन। जसपालाई उपराष्ट्रपति समेत चाहियो।’
यो समाचार सार्वजनिक गर्न लगाएर जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेंट गरे । यस भेंटमा उपेन्द्रले सभामुखको निर्वाचनमा एमालेको उम्मेदवारलाई नसघाउने जानकारी गराए । काँग्रेसले उम्मेदवारी दिए आफूहरूले सहयोग गर्ने भनी देउवालाई वचन दिएको कुरा पनि समाचारमा आयो। जसपाले यस समाचारको पुष्टि गर्यो ।

जानकारहरू भन्छन्,’त्यहीअनुसार कांग्रेसले जसपाको पनि साथ लिएर संसदमा ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवरमा खडा गरेको हो।’ तर, चौबीस घण्टा बित्दै आज जसपाले कुरा फेर्यो । सभामुखमा कांग्रेसलाई सघाउने भनेको उपेन्द्रको जसपा सत्ता साझेदार अन्य दलहरुसँगै उभिएर नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत दियो ।

यसो गरेर उपेन्द्र यादवले ठिक गरे वा बेठिक गरे यसमा मेरो केही भन्नु छैन। तर, यसबाट मधेसका एक मुख्य पार्टी जसपाको सोच तथा कार्यशैली एवं गन्तव्य बुझिन्छ। आज मघ ५ गते धेरैले सोध्ने प्रश्न थियो– ‘पहिलो मधेस आन्दोलनको यतिका बर्ष बित्यो। मधेस आन्दोलनका उपलब्धिहरू साथै मधेसी पार्टीहरूको कसरी मूल्यांकन गर्नु हुन्छ?’ मलाई लाग्छ, हिजोको र आजको घटनक्रममा उपेन्द्र यादवको जसपाको भुमिकाबाट नै तेस जिज्ञासाको जवाफ पाइन्न र ? जसपालाई दुईटा मन्त्री दिएकोमा असन्तुष्टि र उपराष्ट्रपति दिए सन्तुष्टि–यही हो मधेस आन्दोलनका उपलब्धिहरूको वर्तमान अवस्था !

 

प्रकाशित: ५ माघ २०७९, बिहीबार १७:१३

Leave a Reply