No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिका र जर्मनीले रुससँग युद्ध लड्न युक्रेनमा ट्याङ्क पठाउने

0

महिनौँको बहसपछि अमेरिका र जर्मनी दुवैले युक्रेनमा ट्याङ्क पठाउने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले दर्जनौँ एम वान एब्रम्स् ट्याङ्कहरू पठाउने योजना घोषणा गर्ने अपेक्षा गरिएको छ ।

जर्मन चान्सलर ओलाफ शोल्ट्सले पनि कम्तीमा १४ लेपर्ड टू ट्याङ्क पठाउने निर्णय गरेको बताइएको छ । यसलाई अमेरिकाका लागि रुसी राजदूतले अर्को स्पष्ट उत्तेजना फैलाउन कार्य भनेका छन् ।

युक्रेनी अधिकारीहरूले ती सम्भावित ढुवानीले रुसविरुद्धको युद्धमा महत्त्वपूर्ण प्रभाव पार्नसक्ने बताएका छन् । वाशिङ्टन र बर्लिन दुवैलाई युक्रेनलाई अस्त्र दिने घोषणा गर्न आन्तरिक र बाह्य दबाब परिरहेको छ ।

वाशिङ्टनले अत्याधुनिक प्रविधियुक्त एब्रम्स् ट्याङ्कका लागि व्यापक प्रशिक्षण र मर्मत आवश्यक पर्ने बताउँदै आएको छ । बर्लिनले नेटो रुससँगको युद्धमा प्रत्यक्ष पक्ष बनिरहेको कुरामा सचेत गराएको थियो ।

एकजना अधिकारीले द न्यूयोर्क टाइम्सलाई ३० देखि ५० वटा ट्याङ्कहरू पठाउन सकिने बताएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार जर्मन अधिकारीहरूले अमेरिकीहरूलाई अनौपचारिक रूपमा अमेरिकाले यदि एब्रम्स् एम वान ट्याङ्कहरू दिएमा उनीहरू पनि लेपर्ड टू दिन तयार हुने बताएका थिए ।

अन्तर्राष्ट्रिय दबाबपछि अहिले जर्मन चान्सलरले कम्तीमा १४ वटा त्यस्ता ट्याङ्कहरू पठाउने निर्णय गरेको जर्मनीका सञ्चारमाध्यमले जनाएका छन् ।

लेपर्ड्स पोल्यान्डले १४ वटा नै पठाउन चाहेको छ भने बेलायतले पनि सोही सङ्ख्यामा च्यालेन्जर टू ट्याङ्क युक्रेनलाई दिने प्रतिबद्धता जनाइसकेको छ ।

 

प्रकाशित: ११ माघ २०७९, बुधबार ०३:३८

Leave a Reply