No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनद्वारा अमेरिकी अधिकारीहरूलाई एक चीन नीति पालना गर्न आग्रह

0

चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन–अमेरिका बीचको सम्बन्धलाई खलबल पुर्याउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

सार्वजनिक सञ्चार माध्यममा जनाइएअनुसार अमेरिकी रिपब्लिकन काङ्ग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले त्यस भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।

मन्त्रालयका प्रवक्ता माओले चीनले चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा कुनै प्रकारको दुई देशीय गतिविधिको विरोध गर्दछ ।

प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र तीन चीन–अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गरे ।

दुई देश बीचको संयुक्त विज्ञप्ति र चीन–अमेरिकालाई असर गर्ने कुनै पनि काम नगर्न र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर बनाउने कुनै पनि प्रकारका गतिविधि नगर्न उनले आग्रह गरे ।

प्रकाशित: १६ माघ २०७९, सोमबार १६:०७

Leave a Reply