No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्तो छ ‘बुलाकी’ को टिजर

0

काठमाडौं । आगामी वैशाख १ गते प्रदर्शनमा आउने चलचित्र ‘बुलाकी’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजर म्युजिक डटकममार्फत रिलिज गरिएको हो ।

दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन,रितिथिति,जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत छ । लक्ष्मण सुनार निर्देशित फिल्म टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।

‘फस्र्टलुक’ सँगै चर्चामा आएको यस फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र विराज विष्ट मुख्य भूमिकामा छन् । रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री,धनबहादर राई, लक्ष्मण देवकोटा, वसन्त उदास,सोनु सेढाइका साथै नयाँ प्रस्तुति स्वरुप प्रकाश कँडेल र सरस्वती खत्रीले अभिनय गरेका छन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोती विष्टको प्रस्तुति रहेको चलचित्रलाई शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको चलचित्रको स्क्रिप्ट निर्देशक स्वयम् अभिनेता विराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् ।

डोल्पा,जाजरकोट र रुकुम पश्चिमका विकट स्थानहरुमा खिचिएको फिल्मको वितरण त्रिनेत्रम् र एफडीले गर्दैछ ।

प्रकाशित: २८ माघ २०७९, शनिबार ०८:५५

Leave a Reply