No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘संविधानले चिन्दै नचिनेको ‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा किन ?’

0

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संंविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसमा विदा दिएर के सन्देश दिन खोजेको भन्दै प्रश्न गरेका छन् । सामाजिक संजालमार्फत कोइरालाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक विदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक विदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार ०२:२९

Leave a Reply