No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले टर्कीलाई पठायो २२ टन राहत सामग्री

0

काठमाडौं । नेपालले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट भूकम्प प्रभावितहरुका लागि टर्की पठाइएको हो ।

त्यसमा औषधि, मेडिकल उपकरण, न्यानो कपडा लगायत अन्य अत्यावश्यक सामग्री रहेका छन् ।

गत सोमबार गएको शक्त्तिशाली भूकम्पमा परी टर्कीमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । टर्की र सिरियामा गरी ३३ हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

उद्दार र खोजी कार्य अझै जारी छ । टर्की र सिरियामा शक्तिशाली भूकम्पपछि गत माघ २५ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

प्रकाशित: १ फाल्गुन २०७९, सोमबार ०८:०३

Leave a Reply