No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भ्रष्टाचार मुद्दामा मलेसियाका पूर्व प्रधानमन्त्री नजिबलाई सफाइ

0

मलेसियाको एक अदालतले जेलमा परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने जनाइएको छ ।

राज्य अभियोजकहरूले आफ्नो मुद्दा प्रमाणित गर्न पर्याप्त प्रमाणहरू प्रदान गर्न असफल भएका उच्च अदालतका न्यायाधीश मोहम्मद जैनी मजलानले बताए ।

भ्रष्टाचारको आरोप शुक्रबार खारेज गरिएको थियो । यो आरोप ठहर भएको भए २० वर्षसम्मको जेल सजाय हुने थियो ।

परिवर्तित आरोपअनुसार कुनै पनि आपराधिक दायित्वबाट उनलाई मुक्त गर्न उद्देश्य रहेको जनाइएको छ । उनलाई तत्कालीन कोषका अध्यक्ष र प्रमुख कार्यकारी अरुल काण्डले सहयोग गरेको आरोप छ ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार ०८:३३

Leave a Reply