No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाललाई पीएनजीको १८० रनको लक्ष्य

0

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनीले नेपाललाई १ सय ८० रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो ।

बलिङतर्फ नेपालका सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिए । यस्तै सन्दीप लामिछाने, करण केसी र कुशल मल्लले १/१ विकेट लिए । यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । बिहीबारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार ०९:३०

Leave a Reply