No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले आज वेस्टइन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

0

काठमाडौं ।  वेस्टइन्डिज ‘ए’सँगको पाँच टी-२० सिरिजअन्तर्गतको तेस्रो खेल आज हुँदै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजेदेखि खेल सुरु हुनेछ ।

यसअघि भएका दुई खेलमा नेपाल र वेस्टइन्डिजले १/१ खेल जितेका छन् । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा वेस्टइन्डिज १० रनले विजयी भएको थियो ।

आजको खेलमा जित निकाल्दै सिरिजमा अग्रता बनाउने नेपालको लक्ष्य हुनेछ । वेस्टइन्डिज पनि सोही लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन् ।

प्रकाशित: १९ बैशाख २०८१, बुधबार ०२:२३

Leave a Reply