No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमाले गठबन्धन जोगाउन माधव नेपाललाई राष्ट्रपति मात्रै नभएर पार्टी अध्यक्ष नै दिने अवस्थामा पुगेको थियोः गगन थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आठ दलीय गठबन्धन पाँच वर्ष तलमाथि नहुने बताएका छन् ।

शुक्रबार आठ दलका बागमती प्रदेश सभा सदस्यहरुका लागि काठमाडौंमा गरिएको अभिमुखीकरणका क्रममा महामन्त्री थापाले यो गठबन्धन पाँचवर्ष दयाँबायाँ नहुने समझादारी भएको बताएका हुन् ।

उनले यसपटक कांग्रेस जिम्मेवारकासाथ अघि बढ्ने बताए । महामन्त्री थापाले यो गठबन्धन फुटाउन कुनै धराप नथाप्न एमालेलाई आग्रह गरे ।

उनले भने,’यो गठबन्धनविरुद्ध कसैले धराप नथापे हुन्छ। कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन।’ उनले एमालेसँग मिल्ने कुरा अहिलेसम्म कुनै प्रसंगमा कुरा नभएको बताए ।

उनले भने,’यो पाँचवर्ष सहमति कार्यान्वयनका सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेस लाग्छ । यो राजनीतिक इमानदारिताको कुरा पनि हुन्छ । पाँचवर्ष सहमति अनुसार कहीँ कतै अल्मलाउन नआए हुन्छ ।’

उनले चुनावपछि पाँच दलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए । उनले भने, ‘त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ ।’

उनले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठूलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताए । महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको लहडले ५ वर्ष खेर गएको बताए । उनले एमालेले गठबन्धन जोगाउन माधव नेपाललाई राष्ट्रपति मात्रै नभएर पार्टी अध्यक्ष नै दिने अवस्थामा पुगेको दाबी गरे ।

 

 

 

प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार १०:०६

Leave a Reply