No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बख्मुत सहरमा भएको लडाइँमा ११ सय रुसी सैनिक मारिएका युक्रेनको दाबी

0

युक्रेन र रुसले बख्मुत सहरमा जारी लडाइँ तीव्र बन्दा ठूलो मानवीय क्षति भएको जनाएका छन् । पूर्वी युक्रेनको उक्त सहरलाई महिनौँदेखि जारी युद्धका बीच मस्कोले कब्जा गर्ने प्रयास गरिरहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार पछिल्ला केही दिनयता ११ सयभन्दा बढी रुसी सेनाले ज्यान गुमाएका छन् र द्वन्द्वका कारण धेरै मानिसहरू गम्भीर घाइते भएका छन् ।

उनले करिब १५ सय रुसी सैनिकहरू सैन्य कारबाहीमा सामेल हुन नसक्नेगरी घाइते भएको जानकारी समेत दिए । रुसले भने पछिल्लो २४ घण्टामा २२० भन्दा बढी युक्रेनी सैनिकलाई मारिदिएको जनाएको छ ।

बख्मुतको रणनीतिक महत्व कम भएको तर क्रेमलिनलाई कुनै खालको सकारात्मक खबर दिन सङ्घर्षरत रुसी कमान्डरहरूका लागि केन्द्रबिन्दु बनेको विश्लेषकहरू बताउँछन् ।

उक्त सहर कब्जा गर्दा रुसलाई पूरा डोनेट्स्क क्षेत्र नियन्त्रणमा लिने आफ्नो लक्ष्य निकट पुर्याउने छ । डोनेट्स्क पूर्वी र दक्षिणी युक्रेनका चार क्षेत्रहरूमध्ये एक हो जसलाई रुसले गत वर्ष सेप्टेम्बरमा नियन्त्रणमा लिएको थियो ।

त्यहाँ जनमत सङ्ग्रह सञ्चालन गरेपछि धेरै देशहरूले त्यस कदम अनुचित भएको भन्दै आलोचना गरेका थिए । भाडाको सेना आपूर्ति गर्ने समूह द वाग्नर बख्मुतस्थित रुसी आक्रमणको केन्द्रमै छन् । उक्त समूहका अगुवा येभगेनी प्रिगोजिनले बख्मुत कब्जा गर्न आफू र आफ्ना निजी सेनाको प्रतिष्ठालाई दाउमा राखेका छन् ।

उनले आइतबार सहरको अवस्था निकै कठिन भएको र दुस्मन हरेक मिटरका लागि लडिरहेको बताएका थिए ।

प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार ०५:३८

Leave a Reply