No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टर्कीको चालु खाता घाटा जनवरीमा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुग्यो

0

टर्कीको केन्द्रीय बैङ्कले सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालु खाता घाटा झन्डै ९ दशमलव ८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ ।

केन्द्रीय बैङ्कको तथ्याङ्कले सुन र ऊर्जा बाहेक चालु खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको छ ।

चालु खाता मौज्दात हुने वस्तुहरूमध्ये वस्तुको वैदेशिक व्यापारमा १२ अर्ब ४३ करोड डलरको घाटा रहेको छ भने सेवातर्फ तीन अर्ब १६ करोड डलरको खुद बचत रहेको छ ।

सेवा व्यापारअन्तर्गत ट्राभल वस्तुले २ दशमलव ४५ अर्ब डलरको बचत रहेको देखाएको छ । आधिकारिक तथ्याङ्कअनुसार जनवरीमा चालु खाता घाटाले मार्च २०११ को कीर्तिमान ९ दशमलव ४१ अर्ब डलर घाटालाई पनि उछिनेको छ ।

प्रकाशित: ३० फाल्गुन २०७९, मंगलवार ०२:३२

Leave a Reply