No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनसँग बीआरआई अघि बढाउन लगानीको मोडालिटीकाबारेमा छलफल गर्न ज्ञवालीको सुझाव

0

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्ञवालीले बीआरई परियोजना अघि बढाउन सरकारले अब चीनसँग फण्डिङ मोडालिटीको बारेमा तत्काल छलफल गर्नुपर्ने बताएका हुन् ।
उनले यो परियोजनाबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्ने बताए ।

उपमहासचिव ज्ञवालीले चीनले बाह्य मुलुकसँग हस्तक्षेप नगर्ने कुरालाई स्पष्ट पार्दै आएको उल्लेख गर्दै त्यसप्रति नेपाल गम्भीर बन्नुपर्ने बताए ।

उनले नेपालले विकासमा फड्को मार्ने हो भने पनि यो परियोजनाको कामलाई छिटो अघि बढाउन उपयुक्त हुने बताए ।

उनले भने,‘बीआरआईबाट लाभान्वित हुन नेपाल आफैं अग्रसर हुनुपर्छ । हामीले आधारभूत डकुमेन्टहरु सेयर गर्ने, पेश गर्ने, अनि फण्डिङ मोडालिटीको विषयमा पनि चीनसँग बसेर कुरा गर्ने बेला भयो भन्ने मलाई लाग्दछ । अब नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने तयारीको कामलाई छिटो अगाडि बढाउनुपर्नेछ ।’

ज्ञवालीले नेपालको विकासका अपेक्षाहरु पूरा गर्न पनि बीआरआई परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने बताए ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार ११:३३

Leave a Reply