No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

संविधानको रक्षा मेरो प्राथमिकताः यादव

0

काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफू विजयी भएपछि संविधानको रक्षामा जोड दिने बताएका छन् । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै यादवले
संविधानको पालना गर्ने  कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताए ।

उनले नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्ने आफ्नो भूमिका रहने बताए । उनले आफू गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार भएको र जित सुनिश्चित रहेको बताए ।

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार ०६:१०

Leave a Reply