No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिपक्षमा बसेर काम गर्दा एमालेको राजनीति थप सशक्त हुने ओलीको दाबी

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिक भन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन् ।

शुक्रबार संसद भवन नयाँबानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वभाविक भएपनि अहिलेको निर्वाचन नै साँठगाँठ प्रणाली चलेको आरोप लगाएका हुन् ।

कांग्रेससँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको भन्दै अध्यक्ष ओलीले सहकार्यका विषयका कांग्रेसकै केही नेता त्रसित भएको बताए । केन्द्र र प्रदेशमा प्रतिपक्षमा बसेर काम गर्दा एमालेको राजनीति थप सशक्त हुने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम समयमा नै टुङ्गाउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए।

 

प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार ०९:४४

Leave a Reply