No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण अफ्रिकामा दादुराको प्रकोप

0

दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ । ‘पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा दादुराको प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको’ एनआईसीडीले विज्ञप्तिमार्फत जनाएको छ ।

सङ्क्रमितहरू मध्ये ४२ प्रतिशतभन्दा बढी बालबालिकाहरू रहेका छन् । सरकारले सबै जनतालाई आफ्ना बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप लगाउन अनुरोध गरेको छ । दादुरा सङ्क्रमणका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, खोकी, आँखा रातो हुने र नाक बग्ने लगायतका रहेका छन् ।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार ०७:१३

Leave a Reply