No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वाग्मती प्रदेश सरकारबाट बाहिरियो एमाले

0

हेटौंडा । वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका हुन् ।

एमालेका मन्त्रीहरुले शुक्रबार नै प्रदेशसभा बैठकपछि मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । उनले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने सदनबाटै जानकारी गराएका छन् । जम्कट्टेलले आजै सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजनामन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छि विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार ०८:५८

Leave a Reply