No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्त कुँवर नियुक्त

0

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा कुँवरलाई बढुवा गर्ने निर्णय गरेको हो । योसँगै कुँवर नेपाल प्रहरीको ३० औँ महानिरीक्षक भएका छन् । एआईजीको वरीयतामा कुँवर पहिलो नम्बरमा थिए ।

महानिरीक्षक कुँवर ८ चैतमा डीआईजीबाट एआईजीमा बढुवा भएका थिए । एआईजीको फूली लगाएको तीन दिनमै कुँवर आईजीपीमा बढुवा भएका हुन् । प्रहरी महानिरीक्षकका लागि कुँवरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि दौडमा थिए ।

आईजीपी धीरजप्रताप सिंह प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवा अवधिका कारण आजैदेखि अवकाशमा जाँदैछन् । आईजीपी कुँवरले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार ११:०८

Leave a Reply