No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्ने लामिछानेको आश्वासन

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै लामिछानेले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए ।

लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्न नहुने बताए । उनले मिटरब्याज पीडितहरूको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरूको समस्या समाधान गर्ने बताए ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार ०३:५९

Leave a Reply